गाउँमा एउटा पनि पुरुष छैनन्, तर पनि गर्भवती हुन्छन् महिला !
एजेन्सी । तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ । नेपालमा यस्तो गाउँबारे कसैले कल्पना नै गर्न सक्दैनन् । तर, केन्यामा भने यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ ।
यो गाउँ बस्नु पछाडि एउटा ठूलो इतिहास लुकेको बताइन्छ । केन्याको समबुरु भन्ने इलाकामा पर्ने उमोजा गाउँमा शुरुवातमा १५ जना मात्रै महिला बस्थे । २८ वर्ष अगाडि सन् १९९० मा वेलायती सेनाका जवानले बलात्कार गरेका १५ महिलालाई लगेर यो गाउँमा छाडिएको थियो ।
पछि यो गाउँमा अन्य पुरुषबाट पीडित भएका महिलाहरु बस्नका लागि आउन थाले । पुरुषबाट हिंसामा परेका, बलात्कृत भएका, वाल विवाह भएका महिलाहरु आउन थालेपछि यहाँ बस्ने महिलाको संख्या पनि बढ्दै गयो । अहिले याे गाउँमा करिब ३ सयकाे संख्यामा महिलाहरु बस्न थालेका छन् । यो गाउँका महिलाहरुले कडा नियम पनि बनाएका छन्, गाउँमा कुनै पनि पुरुषलाई छिर्न नदिने । जीविकोपार्जनका लागि यहाँका महिलाले पेशा व्यवसाय पनि गरिरहेका छन् । यो गाउँका महिलाले प्राथमिक विद्यालय, सांस्कृतिक केन्द्र, सामबुरु नेशनल पार्क देख्न आउने पर्यटकका लागि क्याम्पिङ साइट सञ्चालन गरेका छन् ।
उनीहरुले त्यहाँ आउने पर्यटकबा शुल्क उठाएर आफ्नो जीविका चलाउने गर्छन् । साथै यहाँका महिला परम्परागत गहनाहरु बनाएर पनि बेच्ने गर्छन् । सबैभन्दा रोचक र अनौठो कुरा के छ भने यो गाउँमा पुरुषलाई प्रवेश गरिएपनि महिलाहरु भने गर्भवती भइरहेका हुन्छन् । उनीहरु राति भएपछि छिमेकी गाउँमा गएर मन परेका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्छन् । अर्को गाउँका पुरुषसँग शारीरिक सम्पर्क राखेर गर्भवती भएका महिलाहरु बच्चा जन्माएर तिनको पालन पोषण पनि एक्लै गर्छन् ।
प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार