अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल पुस ८ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर २३ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– त्रयोदशी, १९:३५ बजेउप्रान्त चतुर्दशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बोलीको गलत अर्थ लाग्नाले अप्ठ्यारोमा परिएला। मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुन सक्छ। अनावश्यक वादविवादबाट टाढै रहने चेष्टा गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले बढी मेहनत गर्नुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विविध चुनौती सामना गर्नुपर्दा चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विभिन्न अवसर प्राप्त हुनेछन् तर केही अप्ठ्यारा परिस्थिति समेत सामना गर्नुपर्ने समय छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। व्यवसायमा फाइदै हुनेछ। सामान्य आम्दानी भइरहनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। महत्वाकांक्षी योजना फलीभूत हुनेछन्। काममा राम्रै सहयोग जुट्न सक्छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रयत्न गर्दा स्थायी सम्पत्ति जोड्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।अाज

प्रकाशित मिति: ८ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्