जनवादी विहेको मञ्चबाटै विद्यार्थी र विद्यालयको लागि ६ लाखको सहयोग हस्तान्तरण


 


काठमाडौं फागुन १३
मुसिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमपूर्वका जिल्ला सेक्रेटरी रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा न १ निवासी नरेन्द्र विक र खोटाङ जिल्ला दिक्तेल ७ निवासी रिना राईबिच जनवादी विवाह सम्पन्न भएको छ । आज एक कार्यक्रकाबिच सदरमुकाम सल्लेमा उनीहरुको जनवादी विवाह सम्पन्न भएको हो । विहे कार्यक्रममा सो पार्टीका नारायणी ब्यूरो इन्चार्ज चिरण पुन मिलनले प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै विहेमा अनावश्यक फजुल खर्च नगरी जनताको जीवनस्तर अनुसारको विहे परम्परा बसाल्नुपर्नेमा जोड दिए । उनले यसरी गरिने विहे नै सच्चा जनवादी बिहे हुने र यो जनवादी संस्कृतिलाई अझ विकास गरेर लानुपर्ने कुरामा जोड दिए ।

सोही अवसरमा नवविवाहीत जोडीले अनौठो परम्पराको सुरुवात समेत गरेका छन् । उनीहरुले आजै विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरर नयाँ परम्पराको सुरुवात गरेका हुन् । उनीहरुले सरस्वती मावि सल्लेलाई एकलाख ५१ हजार सकम सहयोग गरेका छन् । जुन विद्यालयमा नरेन्द्र आफैले अध्ययन गरेका थिए । त्यस्तै रोल्पाको थबाङस्थित वीरबलभद्र मावीलाई पनि उनीहरुले एकलाख नगद हस्तान्तरण गरेका छन् ।

सो नगद सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीले बुझेका छन् । त्यस्तै सो जोडीले सहिद परिवारका बच्चाबच्चीलाई पढाईमा सहयोग पुगोस भनेर ३ जना सहिद बालबालिकालाई ५०,५० हजार उपलब्ध गराएका छन् भने विद्यार्थीहरुमा ज्ञानको विकासकोलागि भन्दै मावी सल्लेको पुस्तकालयकोलाई एक लाख बराबरको कापी तथा पुुस्तकहरु किन्नकोलागि ५० हजार समेत उपलब्ध गराएका छन् । यो कुरा सो पार्टीका पश्चिमरुकुम सेक्रेटरी चन्द्रबहादुर बुढाले पुष्टि गरेका छन् । उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजा लगायत कार्यमा केही भड्किलोपन बढेकोले त्यसलाई निरुत्साहीत गरी नयाँ संस्कारको थालनी गर्न जनवादी तरिकाले विहे गर्ने परम्परा बसाल्न यसो गरिएको हो ।

नरेन्द्र विककी श्रीमती रीना राई पूर्व खोटाङको दिक्तेल नगरपालिका–७ की हुन् । उनीहरुले अन्तरजातीय विवाह गरेका हुन् । छोरा र बुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए । उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजा लगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको हो ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्