बालुवाटारमा मन्त्री फेरबदलको अन्तिम गृहकार्य, गृहमा जनार्दन !विदा हुनेको सूचिमा रविन्द्र


 


काठमाडौं /मन्त्री फेरबदलको अन्तिम गृहकार्य बालुवाटारमा भइरहेको छ । बालुवाटार निकट स्रोतले वर्तमान दुई तिहाईको सरकारले गति लिन नसक्दा पार्टीभित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला नेकपाका दुई अध्यक्षले नयाँ मन्त्री ल्याउने र मन्त्रालय फेरबदल गर्ने तयारी गरेका छन् ।

बालुवाटार निकट स्रोतले भन्यो ‘सम्भवत केही मन्त्रीका लागि अब बस्ने मन्त्रिपरिषदको बैठक अन्तिम हुन्छ होला’ ‘बढिका तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने भएको छ ।’ नयाँमन्त्रीमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागेको छैन ।

वर्तमान तीन मन्त्री विदा सङै नयाँ तीन मन्त्री थपिने भएका छन् । विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको छ । अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहे पनि अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय फेरिएको छ ।

बालुवाटार स्रोतले रिक्त रहेका मन्त्रालयमै नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने जनाएको छ । नेकपाका दुई अध्यक्षले लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् ।

गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ भने सुरेन्द्र पाण्डेका बिषयमा मन्त्रालय टुंगीसकेको छैन । मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ ।
भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ भने पर्यटनमन्त्रीको जिम्मा गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ । भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले पनि दावी गरिरहेका छन् । फ्रोम् येस्कथ्मन्दु।कोम्

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्