शेखरलाई मेरो धेरै विरोध नगर्न आग्रह गर्दै हात जोडेँ तर पनि मानेन् देउवा


 


काठमाडौँ फागुन १३
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धेरै विरोध नगर्न हातै जोड्दा पनि शेखर कोइरालाले नमानेको गुनासो गरेको छन । आइतबार पार्टी मुख्यालयमा भएको केन्द्रीय समिति बैठकमा नेताहरूको आरोप त्यारोपको बारेमा नेता गगन थापाले चासो राखेपछि सभापति शेरबहादुर देउवाले आफूले धेरै विरोध नगर्न हातै जोड्दा पनि शेखर कोइरालाले आलोचना गरेको गुनासो गरे ।

उनले गगनको प्रश्नको जवाफ दिँदै मैले नै गाली नखाएपछि नबोलेर के गर्ने भन्दै प्रतिप्रश्न समेत गरे । देउवाले गत बुधबार पर्सामा आयोजित एक कार्यक्रममा कांग्रेस कोइराला परिवारको पेवा हो र शेखर कोइरालाले जथाभाबी बोल्दै हिँड्ने रु भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि देउवाको अभिव्यक्तिलाई लिएर पार्टी नेताहरूले आलोचना गरेका थिए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्