बंगलादेशमा विमान अपहरणको प्रयास


 


काठमाडौं, फागुन १२

अपहरण प्रयास भएपछि बंगलादेश विमानको विमान चिटगोङस्थित शाह अमानत एयरपोर्टमा आपतकालीन अवतरण गरिएको छ ।
ढाकाबाट दुबईका लागि उडेको विमानमा १४२ यात्रु थिए ।

नागरिक उड्डयन र पर्यटन मन्त्रालयका सचिव मोहम्मद मुहिबुल हकका अनुसार विमानका पाइलट र यात्रु सुरक्षित छन् । तर, एक संदिग्ध र चालक दलका एक सदस्य विमानभित्रै छन् । संदिग्ध व्यक्तिसँग कुराकानी जारी छ ।

विमानमा सवार सांसद मोइनउद्दील खानले स्थानीय मिडियालाई भनेका छन्, ‘एक यात्रुले विमान अपरहणको प्रयास गरे । तर, विमानलाई सुरक्षित अवतरण गरिएको छ र सबै यात्रु सुरक्षित छन् । संदिग्धको भनाइ छ कि उनी प्रधानमन्त्री शेरख हसिनासँग कुराकानी गर्न चाहनछन् ।’

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्