शिवरात्रिका लागि पशुपति लगिएको गोरखनाथको मूर्ति चोरी


 


काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।

करिब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो ।

शिवरात्रि मेलामा आउने बाबाहरूले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरूको खोजीका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्