भारतलाई पाकिस्तानी सेनाले भन्यो -आफ्नो देशको सुरक्षा मजबुद बनाउनुहोस् अरुलाई दोष दिएर हुन्न


 


एजेन्सी जम्मू-कश्मिरको पलुवा जिल्लामा भएको आतंककारी हमलापछि भारत पाकिस्तानबीच द्धन्द्ध चर्किएको बेला भारतले पाकिस्तानमाथि आरोपमाथि आरोप लगाउंदै आइरहेको छ । भारतले अहिले पाकिस्तानी सिमा क्षेत्रमा सैनिक सर्तकता अपनाएको छ । भारतले पाकिस्तानलाई चेतावनी समेत दिएको छ ।

घटनाको जिम्मेवारी जैस ए मोहम्मद नामक चरमपंथी संगठनले लिएपनि भारतले भने उक्त घटनामा पाकिस्तानकै हात रहेको दाबी गर्दे आएको हो । सोही कारण उसले पाकिस्तानलाई यसको बदला लिने धम्की दिईरहेको छ भने सिमामा निकै कडाई पनि गरिरहेको छ । पाकिस्तानले उक्त घटनामा आफनो कुनै हात नरहेको भन्दा-भन्दै पनि भारत आक्रमक बनेपछि पाकिस्तानका सेनाले पनि यसबारेमा प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले भारतलाई आफुसँग निहूँ नखोज्न चेतावनी समेत दिएका हुन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भारतले पाकिस्तानमाथि लगाउँदैं आरोपको खण्डन गरे । आफ्नै सुरक्षा व्यवस्था कमजोर हुँदा भारतमाथि आतंककारी हमला भएको भन्दै अरुलाई दोष नदिन सचेत गराए । उनले भने, ‘यो हमलाबाट भारतको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ ? आफ्नो देशको सुरक्षा व्यवस्था मजबुद बनाउनुहोस् । अरुलाई दोष दिएर हुँदैन् ।’

पुलवामा १४ फेबरुअरीमा सीआरपीएफका जवान सवार गाडीमा जैश ए मोहम्मदले आत्मघाती हमला गर्दा ४६ जवानको मृत्यु भएको थियो । भारत यो हमला पाकिस्तानले गराएको दाबी गर्दै आएको छ । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आएको छ । प्रवक्ता गफूरले भने, ‘पाकिस्तानले उक्त घटनापछि सोचेर भारतलाई जवाफ दिएको छ । पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई एउटा अफर दिए । प्रमाण दिनुहोस् प्रमाण मिलेमा हामी आफ्नो दबाबमा नभएर आफ्नो कर्तव्य ठानेर आतंककारीविरुद्ध कारवाही गर्छौ ।’

आफुहरुले उक्त हमलाको अनुसन्धान गर्दा भारतलाई जवाफ दिन ढिलाई भएको बताए । आफुहरुले ढिलागरी जवाफ दिँदा भारतले आफुहरुमाथि थप शंका गरेको उनको तर्क छ । अनुसन्धानका क्रममा भारतले पाकिस्तानमाथि लगाएको आरोप प्रमाणित हुन नसकेको उनको भनाई छ । भारतीय सेना ७० वर्षदेखि नियन्त्रण रेखामा बसिरहेको भन्दै उक्त क्षेत्रमा कुनै पनि पाकिस्तानी घुस्न नसक्ने भन्दै उनले भारतीय सेनाकै सुरक्षामाथि प्रश्न उठाएका हुन् । पाकिस्तानमा जब कुनै महत्त्वपूर्ण कार्यक्रम आयोजना हुन लाग्छ,तब यस किसिमका हमलाका घटना हुने गरेको उनले बताए।

पुलवा हमलाको बेला पनि पाकिस्तानमा आठवटा महत्त्वपूर्ण कार्यक्रमहरू हुन लागेको बताउँदै यस्तो बेला पुलवामामा हमला गराएर पाकिस्तानलाई के फाइदा भन्दै उनले प्रश्न गरे ? मेजर जनरल गफूरले भारतमा पाकिस्तानले युद्धको तयारी गरिरहेको चर्चा चल्दै गरेको भन्दै खासमा पाकिस्तानले कुनै तयारी नगरेको बरु भारतले नै युद्धको धम्की दिइरहेको बताए। “हामी शुरू गर्दैनौँ। तर यदि कसैले कारबाही गर्छ भने हामी जवाफी कारबाही गर्नेछौँ। प्रतिकार गर्ने हाम्रो हक छ,“ उनले भने।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्