विषाक्त मदिरा सेवन गर्दा ज्यान जानेको संख्या १०० कट्यो


 


एजेन्सी, १२ फागुन ।

भारतको पूर्वी–उत्तर राज्य असममा विषाक्त मदिरा सेवन गर्दा ज्यान जानेको संख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् ।
दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ ।

विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्