यि हुन् जागिर सुरु गर्ने राउटे !


 


काठमाडौ फागुन १२,

राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र ९सोसेक०ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको हो ।

‘वनमा काठ काट्न पाइँदैन, जहान छोराछोरी पाल्न जागिर त खानै प(यो,’ नियुक्ति पत्र बुझेपछि महिनबहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो ।’ यो समाचार नागरिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्