बिरामीको चेक जाँचपछि नर्सले लेखेको रिपोर्ट हेर्दा बिरामी नै बेहोस !


 


काठमाडौं चीनको एक अस्पतालमा काम गर्ने नर्सलाई अंग्रेजी भाषा बोल्न नआउँदा ठुलो धर्म संकटमा परेकी छिन् । नर्स मात्रै धर्मसंकटमा परिनन् कि उनको बिरामीको समेत झन्डै ज्यान गयो ।अस्पतालमा विदेशी विद्यार्थी बिरामी भएको कारण अस्पतालमा भर्ना गरियो । त्यहा काम गर्ने एक नर्सले ती बिरामीलाई उपचार गरेर यस्तो म्यासेज छोडिन की जुन देखेपछि बिरामी झण्डै बेहोस भएका थिए ।त्यो बेलामा यस्तो नर्सको ड्युट पर्यो उनलाई निकै गाह्रो भयो जबकी उनी अंग्रेजी भाषा बोल्न जान्दै नथिइन् । तर विरामीलाई उसलाई के रोग लागेको कुन औषधी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिनुपर्ने थियो ।

अंग्रेजी भाषा नजान्दा नर्सले निकै अनौठो तरिका अपनाएकी छन् । जुन काम पुरा गर्नको लागि उनले नयाँ कलाको प्रयोग गरिन् । बिरामीलाई उनको रोगबारे जानकारी दिन चित्रको माध्यमद्धारा सन्देश लेखिन् । उक्त सन्देशलाई आफ्नो सामाजिक सञ्जालमा समेत पोष्ट गरिन् । यतिबेला त्यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भएको छ ।नर्सले लेखेको सन्देशमा भन्न खोजेको कुरा स्पष्ट हुन्थ्यो । उनले भोली बिहान ८ बजे बिरामीको शल्यक्रिया हुन्छ । त्यसकारण आज रातको १० बजेदेखि खाना र पानी समेत नपिउनु भन्ने सन्दे श त्यसमा राखिएको छ । चित्रात्मक रुपमा प्रस्तुत गरिएको उक्त सन्देशलाई सोसल मिडियामा देखेपपछि मानिसहरुले आफ्नै ढंगले प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्