विवाहको कार्ड बाँड्न गाउँपालिकाको मोटरसाइकल प्रयोग…


 


काठमाडौं फागुन ११
नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सर कारी गाढीहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्नेहरुले गुनासो बजारमा गाईगुइ सन्न पाइन्छ ।यसै समाचारमा “ढुट्याउन सके ढुट्या कान्छा अरु देशमा पाइँदैन नेपालमै हो सरकारी गाडी ढुट्याने छुट” प्रसंग पनि मेल खाएको देखिन्छ ।

सप्तरी बलान विहुल गाउँपालिका सव इन्जिनियर सन्तोष कुमार रजक चढ्ने सरकारी मोटर साइकल उनकै जेठान सुरेन्द्र सिंह रजकलाई त्रियुगा नगरपालिका ६ जलजले ट्राफिक प्रहरी चेक पोइन्टमा पक्राउ परे । पक्राउ परेका सुरेन्द्र सिंह रजक आफ्नो विवाहको कार्ड बाँड्न स.१ ब ११०२ नम्बरको सरकारी मोटर साइकल ज्वाइँसँग मागेर लिएर आएको स्वीकार गरे ।विवाहको कार्ड बाँड्न सरकारी मोटर साइकल, सरकारी तेल खर्च गरेर शानदारका साथ हिडेको देखेपछि रोक्दा बलान विहुल गाउँपालिकाका सव इन्जिनियर सन्तोष कुमार रजक चढ्ने मोटर साइकल जेठान सुरेन्द्र सिंह रजकले चढेको फेला परेको जलजले ट्राफिक प्रहरी चेक पोइन्टका इन्चार्ज गोविन्द पौडेलले बताए ।

उनले भने, ‘बलान बिहुल गाउँपालिकाको सव इन्जिनियर चढ्ने मोटर साइकल उनका जेठान पर्नेले आफ्नै विहेको कार्ड बाँड्न प्रयोग गरेको भेटिएको छ ।’ उनले सव इन्जिनियर सन्तोष कुमार रजक बोलाई कारबाही गरि मोटर साइकल छोडिएको बताए ।यस विषयमा बलान विहुल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत महेश कुमार यादवले यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘मोटर साइकलको दुरुपयोग भएको भएर उहाँलाई नियम अनुसार कारबाही गर्छौ, मोटर साइकल दिनेबेला मै कवुलियत नामा गराएको छौं कि आफुबाहेक अरु कसैलाई नदिने, नियम विपरित भएको भए सत्य तथ्य बुझेर कारबाही वा सचेत गराउने छौं ।’

विषेश गरी सार्वजनिक विदाको दिन पनि सरकारी गाडीको दुरुपयोग हुँदा पनि प्रहरी प्रशासन मौन रहेको देखिन्छ । गैर कर्मचारीले सरकारी मोटरसाइकल चलाएपनि प्रसाशनले कारवाही गरेको देखिदैन् । सरकारी मोटर साइकल दुरुपयोग गर्ने विरुद्ध सिरहा, सप्त री र उदयपुरमा प्रशासन निरिह बन्दा निजी काममा प्रयोग भएपनि प्रसाशनले कारवाही गरेका छैन । सरकारी मोटर साइकल दुरुपयोग गर्नेमा प्रदेश नं. २ अग्रस्थानमा रहेको छ । उदयपुरमा पनि जनप्रतिनिधि र सरकारी कर्मचारीहरु पनि कम छैन् ।माथिका सर कारी मोटर साइकल दुरुपयोग घटना एउटा पात्र मात्र हुन् ।

यस किसिमको दुरुपयोग प्रायः सवै जनप्रतिनिधिहरुले गरेको पाइन्छ । अहिले केही गाउँ पालिका र नगरपालिकामा सवारी साधन सहितको सेवा सुविधाले गर्दा प्रमुख र उपप्रमुखहरुको बोलचाल समेत हुन सकेका छैनन् ।उदयपुरकै सन्दर्भमा भन्ने हो भने वडा अध्य क्षहरुले आफुले पाएको मोटर साइकललाई आफ्नो भाई भतिजोलाई दिने गरेको गुनासोहरु पनि बेला बेलामा छत्ताछुल्ल भएको छ । तर, पनि प्रशासन यस विषयमा नियमन गर्ने गरेको छैन् । स्थानीय तहका जनप्रतिनिधिका छोराछोरीले मोटर साइकललाई तीन सय मिटर तल्ल खोल्ससम्म झारेको उदाहरण पनि यसै उदयपुरमा छ ।

ति मोटर साइकलको मर्मत खर्च पनि गाउँपालिका र नगरपालिकाले व्यहोरेको समेत सुन्न पाइन्छ । यस्तै मोटर साइकल चल्दै नचली इन्धनको विल भुप्तानी लिने वडाहरु पनि छन् । साथै ५ सय किलो मिटर पनि नकुदेको मोटर साइकलले ६५ हजार बराबरको इ न्धन खपत गरेर विलको भुप्तानी लिएको वडा अध्यक्ष पनि छन् ।गाउँपालिका र नगरपालिकाका कर्मचारीहरुले दोहोरो सुविधा लिइएको पाइन्छ । कति कर्मचारीहरुले भ्रमण आदेश लिएर भ्रमण भत्ता लिइनुको सँगसँगै अर्को तर्फ इन्धनको विल पनि गाउँपालिका र नगरपालिकाबाट लिएर गएको देखिन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्