एनसेल कार्यालयमा बम बिस्फोट एनसेल कर्मचारीकै संलग्नता , ‘सिसिटिभी फुटेजमा यस्तो देखियो


 


काठमाडौ फागुन ११
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीकै हात हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।शुक्रबार साँझ एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीनजना घाइते भएका थिए।सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिएको प्रहरी स्राेतले जनाएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सूक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जानकारी दिए।

‘सिसिटिभी फुटेजमा एनसेलका कर्मचारीको गतिविधी संकास्पद देखिन्छ,’ प्रहरी स्राेतले भन्यो, ‘केही गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ।’ प्रहरीले एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी श्रोतका अनुसार सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गर्छन्। उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन्। त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ।

कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, संकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको आशंका प्रहरीले गरेको हो।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्