एनसेलमा बम प्रहार गर्नेलाई युवा संघको कडा चेतावनी


 


काठमाडौ फागुन ११
एनसेलनमा श्रृङ्खलाबद्ध बम आक्रमण गर्नेमाथी युवा संघ नेपालले कडा चेतवानी दिएको छ । मुलुक यो चरणमा आईपुग्दा समेत आतंकारी शैली अपनाउनेमाथी राज्यले कडा कदम चाल्ने कुरामा सचेत हुन समेत युवा संघले जोड दिएको छ । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले भन्नुभएको छ राजनीतिको आवरणमा हुने जुनसुकै अपराधीक र हिंसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै लेख्नुहुन्छ यस्ता आतंककारी शैलीका अभियानले तपाईले भनेको समाजवाद आउँदैन भन्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन पनि आग्रह गर्दछौं ।

वर्तमान सरकारले अगाडि सारेको सम्बृद्दीको महा–अभियानमा साथ दिँदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुटन हामी हार्दिक अपिल गर्दछौ। उहाँले थप लेख्नुहुन्छ जुन सुकै आवरणमा भए पनि अपराधीक र हत्यारो कृयाकलापमा सम्लग्न सबैलाई हाम्रो संगठन जोडदार कारवाहीको माग गर्दछ ।

यस्तो छ उहाँको पोष्ट

निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । बम बिष्फोटबाट एक सर्वसाधारणको मृत्यु र दुई गम्भीर घाइते छन । राजनीतिको आवरणमा हुने जुनसुकै अपराधीक र हिंसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौ । यस्ता आतंककारी शैलीका अभियानले तपाईंले भनेको समाजवाद आउदैन भन्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन पनि आग्रह गर्दछौं ।

वर्तमान सरकारले अगाडि सारेको सम्बृद्दीको महा अभियानमा साथ दीदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुटन हामी हार्दिक अपिल गर्दछौ। जुन सुकै आवरणमा भए पनि अपराधीक र हत्यारो कृयाकलापमा सम्लग्न सबैलाई हाम्रो संगठन जोडदार कारवाहीको माग गर्दछ । साथै यो घटनामा परि अनाहकमा ज्यान गुमाउने प्रति गहिरो दुख सहित हार्दिक श्रद्धाञ्जली , घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना। ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्