एनसेल टावर वम विस्फोटका घाइतेको मृत्यु


 


काठमाडौँ, फागुन ११

ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

बम विष्फोटमा घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका बम विष्फोट भएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्