कुलमानको एक्सन : बक्यौता तिर्न नमानेपछि काटिदिए उद्योगको लाइन


 


मोरङ, फागुन १०

नेपाल विद्युत प्राधिकरणले रकम तिर्न आनाकानी गर्ने सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन काटिदिएको छ ।

प्राधिकरणलाई तिर्न बाँकी शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती गरेको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आइरन, श्रीजी वायर्सलगायत छन् । विराटनगर–४, पिपलचोकमा सञ्चालित कोल्ड स्टोरले ७ लाखभन्दा बढी रकम प्राधिकरणलाई तिर्न आनाकानी गरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले लाइन काटेपछि कोल्ड स्टोरमा व्यापारीले राखेका सामान बिग्रिन थालेको छ । प्राधिकरणको बक्यौता अनलाइनमार्फत सिधै केन्द्रीय कार्यालयले हेर्न थालेको छ । केन्द्रको दबाबपछि बक्यौता धेरै रहेका उद्योगहरुको लाइन काट्न थालिएको वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले बताउनुभयो ।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्