पहिलो पटक दौरा सुरुवाल लगाएपछि बाबुरामले के भने ?


 


काठमाडौं, फागुन ९
पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले पहिलो पटक दौरा सुरवाल लगाएका छन् । यो कुरा बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा दौरा सुरवाल लगाएको फोटो सहित सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरा सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ।

भट्टराईले दौरा सुरुवाल लगएको तस्बिर उनकी श्रीमती हिसिला यमीले पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनको यो फोटोलाई धेरैले राम्रो मानेका छन् भने कतिपयले भने चर्काे आलोचना गरेका छन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्