दौरा सुरुवालमा यस्ता देखिए बाबुराम भट्टराई !


 


काठमाडौं, फागुन ९
पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई नयाँ पोशाकमा देखिएका छन् । भट्टराई दौरा सुरुवाल लगाएको रुपमा देखा परेका छन् ।

बिहिबार बिहान ७ बजे उनकी श्रीमती हिसिला यमीले सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक गरेकी हुन् । सम्भवत भट्टराईको दौरा सुरुवालको पहिरन यो पहिलो हो ।

किनभने यसअघि भट्टराईले दौरा सुरुवाल लगएको तस्बिर देखिएको छैन् । उनको बाल्यकालको तस्बिर समेत सट लगाएको देख्न सकिन्छ । नयाँ शक्ति नेपालको नेता समेत रहेकी यमीले दौरा सुरुवाल लगाएको आफ्ना पतिको फोटो सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा चर्चा कमाउन थालेको छ ।

उनले पहिलो पटक आफ्ना पति दौरा सुरुवालको पहिरनमा भनेर लेखेकी छिन् । उनको यो फोटोलाई धेरैले राम्रो मानेको, सुहाएको, नौलो, अचम्म जस्ता प्रतिक्रिया दिएका छन् ।

तत्कालिन नेकपा माओवादी पार्टीका नेताहरुले प्रायः दौरा सुरुवाल लगाएको पाइदैन् । सार्वजनिक पदमा पुगेपनि उनिहरुले दौरा सुरुवाल लगाएको पाईदैन् । अपवाद मान्नुपर्छ सभामुख कृष्णबहादुर महराले भने सभामुख भएदेखि दौरा सुरुवाल लगाउँदै आएका छन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्