‘राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो’


 


काठमाडौं फागुन ८
संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नु भन्दा पनि व्यवस्था नै असफल भएको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैनन् ।’ सरकारले विभिन्न निकायमा नियुक्ति गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको गुनासो पनि उनले पोखे ।

प्रा.डा. ढुंगेलले २१ अर्बका ९ सय ६ वटा ठेक्का पट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिङ्ग अवस्थामा रहेको सुनाए । उनले प्रश्न गरे, ‘यसरी कसरी समृद्धि हुन्छ ?’

अब देश कता जान्छ त ? भनेर सञ्चारकर्मीद्वारा राखिएको जिज्ञासामा उनले भने,‘ अहिले त सिष्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्तराष्ट्रिय गतिविधि बढ्न थालेको उनले औंल्याए। उनले भने, ‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सक्दिनँ, तर म यो चाहिँ प्रष्ट भन्न सक्छु कि राजा आवश्यकता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुऱ्याई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन।’

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्