विश्वविद्यालयकै ठूलो पद डिनले नै विद्यार्थी बलात्कार गर्न खोजेपछि कालोमोसो दलियो


 


काठमाडौं फागुन ८
विद्यार्थीमाथि बलात्कार प्रयास गर्ने प्राध्यापकलाई कालोमोसो दलिएको छ । त्रिभुवन विश्वविद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका हुन् ।

त्रिवि देशकै ठूलो र पुरानो विश्वविद्यालय हो । डिन पद विश्वविद्यालयकै ठूलो पद हो । उनैले यस्तो हर्कत गरेपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका छन् ।

पूर्वएमाले निकट अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले प्राध्यापकमाथि मोसो दलेका हुन् ।

केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप सहितको निवेदन बुझाएकी छिन् । साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्