पाकिस्तानलाई साथ दिने डर भएपछि साउदी राजकुमार लिन आफै पुगे मोदी
काठमाडौं फागुन ८
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान अहिले एसिया भ्रमणमा निस्केका छन् । उनले आफ्नो दुई दिने पाकिस्तानको भ्रमण सकेर मंगलबार भारत भ्रमणमा निस्केका छन् ।
पाकिस्तानमा उनले २० खर्ब बराबरको सहयोग गर्ने जनाएका छन् । साउदीको यो घोषणाले आर्थिक संकट झेलिरहेको पाकिस्तानलाई ठुलो राहात हुने देखिएको छ । भारत भ्रमणमा रहेका सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रोटोकोल तोडेर स्वागत गरेका छन् । यस अघि पाकिस्ताने पनि उनलाई उच्च सम्मान दिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं राजकुमार बिन सलमानलाई स्वागत गर्न ‘प्रोटोकल’ तोडेर विमानस्थल पुगेका हुन् । भारतीय प्रधानमन्त्रीको स्वागत सत्कारबाट प्रभावित भएका विल सलमानले मोदीलाई ‘ठुल्दाइ’ को संज्ञा दिएका छन् ।
मोदीले बुधबार बिहान राष्ट्रपति कार्यालयमा अंगालो हालेर औपचारिक रुपमा सलमानको स्वागत गरेका छन् । सलमानले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मोदी आफ्नो ठुल्दाइ भएको र आफू उनको सानोभाइ भएको प्रतिक्रिया दिए ।
राष्ट्रपति भवनमा राजकुमार सलमानलाई ‘गार्ड अफ अनर’ बाट सम्मानित गरिएको थियो । उनीसँग भारतीय राष्ट्रपति रामानन्द कोविन्दले शिष्टाचार भेट गरेका थिए ।
राजकुमारको भ्रमणमा भारत र साउदी अरबबीच कच्चा तेल र एलपिजीबारे ठूलो सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तैं भारतले हालैं भएको पुलवा आक्रमणको बारेमा पनि साउदीसँग कुरा गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद समाजका लागी घातक भएको भन्दैं यसलाई सबैंले मिलेर खत्तम गर्नुपर्ने जनाएका छन् । एजेन्सी
प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार