अर्थमन्त्री खतिवडा नेपाल विकास सम्मेलनमा सहभागी हुन लण्डन प्रस्थान


 


काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडा नेपाल विकास सम्मेलनमा सहभागी हुनका लागि संयुक्त अधिराज्यको राजधानी लण्डन प्रस्थान गरेका छन् । आगामी मार्च २९ देखि ३० सम्म नेपालमा हुन लागेको लगानी सम्मेलनको तयारीका लागि नेपाल विकास सम्मेलन हुन लागेको हो ।

भ्रमणका क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले गैर आवासीय नेपाली संघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

राजदूतावासमा आयोजना हुने नेपाल विकास सम्मेलनमा संयुक्त अधिराज्य सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वाट टु वाच संस्थाको समेत सहकार्य रहने सम्मेलनमा वेलायती संसदका तीन जना सांसदहरु पनि उपस्थित हुने बताइएको छ ।

संयुक्त अधिराज्य सरकारका डिपार्टमेन्ट अफ इन्टरनेशनल टे«डका उप–निर्देशक एनन्डी एमसी काउब्री समेत वक्ताको रुपमा उपस्थित हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्