यी हुन् आधुनिक सिंगापुरका निर्माता


 


काठमाडौं फागुन ८
सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलीय व्यवस्था ल्याएको २७ वर्ष बितिसकेको छ । आजभन्दा २५,३० वर्ष अगाडि सिंगापुरको अवस्था दयनीय थियो । एउटा व्यक्तिको अदम्य साहसले आजको त्यो सिंगापुर बन्न सफल भयो । उनी कोही नभएर तपाईं हाम्रो सबैको जनजिब्रोमा झुण्डिएको आधुनिक सिंगापुरका निर्माता, सिंगापुरका पिता हुन ‘लि क्वान यु’ ।

सिंगापुरको कोपा जाभा रोडमा १६ सेप्टेम्बर १९२३ मा लि क्वान यू को जन्म भएको हो । उनको आमाको नाम चाव जिम निपो हो भने बुबा लि चिन कून हुन् । लि क्वान यु को नाम भने उनको हजुर बुबा लिन चिन कूनले राखि दिएका थिए । हजुर बुबा अंग्रेजी मिसन स्कुलमा पढेकाले अंग्रेजी मन पराउने खालको हुनु हुन्थ्यो । क्वान यु को अर्थ चिनिया मण्डारिन भाषामा उज्यालो र चम्किलो भन्ने हुन्छ । लि क्वान युलाई पनि अंग्रेजी खुब मन पथ्र्यौ । त्यसैले उनको परिवारले लि क्वान यु को नामको अगाडि ह्यारी थपि दिएका थिए । उनको पुरा नाम त ह्यारी लि क्वान यु हो । उनको दुई जना भाइ छन् । जसको नाम किम यु र थियाम यु हो । उनीहरुको हजुरबुबाले राखि दिएको अंग्रेजी नाम डेनिस र फ्रेडी लि थियो । लि क्वान यू का २ बहिनीहरु छन् लि सुवान यु र मोनिका लि ।

उनको जन्म गरिव परिवारमा भएको नभए पनि जीवनको प्रारम्भ बडो दुःखमा बित्यो । समय त्यस्तै थियो धनीहरुसग पनि आफूले लगाउने लुगा, खेलाउने खेलौंनाहरु हुदैनथ्यो । टिभी त छंदै थिएन । यस्तो भूलाउने कुराहरु र उपभोग्य सामान ज्यादा नभएकोले पनि उनमा पढ्ने आदात बस्यो । उनी कल्पनासिल बन्दै गए । आमा र बुबाको झगडामा जहिले पनि उनले निर्णय गर्थे । बुबा घरको सुन लुछी लुछी जुवा खेल्ने आमा दिदै नदिने हुदा झगडा सधैं पथ्र्यो । त्यतिबेला आमाले सानो सानो कुरामा निर्णय लिन लिलाई उक्साउँथिन् । यस्तै घरका स–साना घटनाले लिलाई निर्णय कसरी लिने भन्ने सिकायो ।

‘लि’को शिक्षा
लिलाई ६ वर्ष पुग्नासाथ उनको मावली हजुर आमाले माझीको सन्तान पढ्ने गरीब र झुप्रो स्कुलमा भर्ना गरिदिइन् । उनको कचकच सहन नसकेर उनको हजुर आमाले १ कि.मि. टाढाको गुआन स्कुलमा भर्ना गरिदिइन्, त्यहाँ चाइनिज भाषामा पढाइ हुन्थ्यो । उनलाई चाइनिज भाषामा रुची थिएन । तसर्थ १९३० को जनवरीमा उनी टेलोक कूयउ अंग्रेजी विद्यालयमा भर्ना भए । पाच कक्षामा राम्रो अंक ल्याएकाले १९३६ मा सिंगापुरकै राम्रो विद्यालय राफल्स इन्स्टिच्यूटमा भर्ना हुने अवसर मिल्यो ।

१९४० को सिनियर क्याम्ब्रीजमा सिंगापुरको मात्र होइन होल मल्यको सर्वोत्कृष्ट हुन सफल भए । पढाइमा उत्कृष्ट भएकै कारण पुरस्कार समेत धेरै पटक जित्न सफल भएका थिए । आफू बदमास भएकोले बुबाले कान निमोठ्ने गरेको र कान निमोठाइको झट्काले न्यूरो पेप्टाइड्स खुल्ने र एक पटक सुनेको कुरा लामो समयसम्म स्मरण रहने हुँदा आफू तिक्ष्ण हुनुमा बुबाको कारण हो समेत भन्छन् लि । सिंगापुरको आर्थिक संकट सर्वत्र छाएकोले वकिल पेशा अंगाले कहिल्यै आर्थिक मन्दीको मारमा पर्न नपर्ने सोचेर लि वकिल पढ्ने सुरमा लागे ।


१९४० को सिनियर क्याम्प्रीजमा सर्वोत्कृष्ट भए पछि उनले एण्डरसन स्कलरसिप पाए । कानून पढ्न ३ विषय छान्नुपर्ने गणित विषयमा राम्रो भए पनि अंग्रेजी र अर्थशास्त्रमा कमजोर भएकोले उनकै कलेजकी केटी ‘क्वा गोएक चु’ले जितेर उनी दोस्रा हुन पुगे । तिनै उनलाई प्रथम हुनबाट पछाडि पार्ने केटी ‘चु’सँग पछि उनले विवाह गर्न पुगे । दोस्रो हुन परेकोमा लि साह्रै दुःखी समेत भए । तैपनि रापफल कलेज धनीमानी पढ्ने चर्चित कलेज थियो ।

बेलायत पढ्न जानु अगावै ‘चु’सँग चुइगम उद्योगमा सँगै काम गर्दा ‘लि’को प्रेम सम्बन्ध गाँसिन पुग्यो । बा–आमासँग लुकेर १९४६ मा ‘चु’सँग ‘लि’ले गोप्य प्रेम प्रस्ताव समेत गरे । आफ्नो जन्म दिन १६ सेप्टेम्बर १९४६ को दिन २३ वर्षको उमेरमा आफ्ना प्यारा बा आमा र प्यारी गर्लफ्रेन्ड ‘चु’लाई छोडेर उनी वकिल पढ्न बेलायततिर लागे । बिस्तारै ‘चु’ले पछि लण्डनका लागि छात्रवृत्ति पाइन् । चु र लि बेलायतमा एउटै विषयमा उच्च शिक्षा हासिल गरे ।

१९४८ को सेप्टेम्बरमा लि र चु दुवै जना फ्रान्स र स्वीजरल्याण्ड घुम्न पुगे । त्यसैबेला घरमा थाहा नदिई गोप्य विवाह गरे । १९४९ मा लि र चु दुवैले कानूनको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल भए । त्यसपछि स्नातकका लागि लण्डनकै मिडल टेम्पल कलेजमा भर्ना भए । १९५० को अगस्टमा आफ्नो पढाई पूरा गरी बेलायतमा भूमिगत रुपमा सिंगापुरको स्वतन्त्रताको राजनीतिक सम्पर्क स्थापित गरी लि र चु सिंगापुर फर्किए ।
राजनीतिको सुरुवात
लि लण्डनमा छदै राजनीतिमा जोडिइ सकेका थिए । जब उनी सिंगापुर फर्केपछि उनकी श्रीमती ‘चु’सँग १९५० को सेप्टेम्बर ३० मा कानूनी रुपमा दोस्रोपटक विवाह गरे । विवाह पछि चु र लि मिलेर ल फर्म शुरु गरे । त्यही ल फर्मको माध्यमबाट पैसा नहुनेको लागि निःशुल्क मुद्दा लड्दिन शुरुवात गरे । ट्रेड युनियनहरुको पक्षमा मुद्दा लडेर सरकारलाई घुडा टेकाउदै गएपछि लि चर्चामा आउन थाले । उनलाई लाग्यो अदालतबाट मात्र होइन, पत्रिकाको माध्यमबाट पनि सरकारलाई घुडा टेकाउनु पर्दछ । त्यतिबेला जनताको धारणा सिंगापुर स्ट्यान्डर्ड पत्रिकाले बोल्थ्यो । त्यसको पक्षमा लागेर सरकारलाई घुडा टेकाई छाडे ।

यो मुद्दा जितेपछि ‘लि’को ख्याति चुलियो । देशका अन्य ट्रेड यूनियनहरुले समेत उनलाई सल्लाहकारको रुपमा नियुक्ति गर्न थाले । चिनिया भाषा पनि उनले बिस्तारै सिके भाषा सिक्दै जाँदा राजनीति गर्न खुब सहज हुन थाल्यो । १९५२ को डिसेम्बर २५ मा पानी जहाजमा काम गर्ने १० हजार भारतीय कामदारको संघले गरेको हड्तालको पक्षमा पनि ‘लि’ले लड्ने विचार गरे । जब यसको पक्षमा लडे त्यसपछि त सिंगापुरमै जनपक्षीय वकिलको रुपमा स्थापित भइछाडे । उत्सव भेलायू पत्रिकाको सम्पादक युसुफ इसाकलाई समेत ‘लि’को सहयोगको कारण १९५३ मा जलेमुक्त गर्न सरकार वाध्य भयो ।

१९५४ मा फजर पत्रिकालाई उक्साएको भन्ने केसमा पक्राउ परेका ८ जना विद्यार्थीलाई ‘लि’ले सरकार सग लडेर जिताए । जब उनीहरु जेल मुक्त भए

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्