शेरबहादुर देउवालाई १ सय ५१ किलोको माला


 


काठमाडौं फागुन ८
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ। दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो। नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए।

यसअघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्