नेपालमा जन्मेका बालकृष्ण बने भारतको ८ औ धनी व्यक्ति
काठमाडौं फागुन ८
नेपालमा जन्मेका आचार्य बालकृष्ण भारतको ८ औ धनी व्यक्ति सूचिमा पुगेका छन् । स्यांगजामा जन्मेका बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् ।
चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि उनी २५औ नम्बरमा थिए । एक वर्षको अवधीमा उनको सम्पत्ती १७३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब भारतीय रुपैयाँ पुगेको छ ।
भारत सरकारले ल्याएको नोटबन्दी र जिएसटीको कारण बालकृष्णको सम्पत्ती बढेको हो । हुरुनका अनुसार पहिलो भारतीय धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् ।
यस्तै दोस्रोमा दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन्।
अर्बपति भएपनि आचार्य बालकृष्णको जीवनशैली साधुकै रुपमा रहन्छन् । उनले कम्युटरको पनि प्रयोग गर्दैैनन् । २०२९ सालमा स्यांगजामा जन्मेका बालकृष्ण अहिले भारतीय नागरिक हुन् ।
उनको नागरिकता सम्बन्धी विवाद बेलाबेलामा उठ्ने गर्छ । उनका बुवाले भारतमा चौकीदारीको काम गरेका थिए । बालकृष्ण रामदेव मिलेर सन् १९९५ मा दिब्य फार्मेसी र २००६ मा पतन्जली आयुर्वेद खोलेका थिए ।
प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार