युवतीलाई मायाजालमा फसाएर जीन्दगीकै खेलवाड गर्ने डिएसपीलाई ‘बढुवा’ उपाधी !


 


काठमाडौं, ८  फागुन

गत माघ २७ गते मध्यरातमा नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) लाई प्रहरी उपरिक्षक एसपीमा बढुवा गरियो । डिएसपीहरु बढुवामा कार्यसम्पादन मुल्यांकनमा भन्दापनि ‘आफन्तवाद’ लागु भएको भन्दै संगठन भित्र तिब्र असन्तुष्टि छ । त्यतिमात्रै होइन डिएसपी बढुवामा एक विवादित डिएसपीले समेत बढुवाको फूली लगाउने भएका छन् । डिएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालयले ६ नम्बरमा राखेर बढुवा गरेको छ ।

डिएसपीबाट एसपीमा सिफारिस भएका विवादित पात्र हुन्–डा. मेख बहादुर खत्री ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत खत्रीले प्रहरी संगठनकै बइज्जत हुनेगरी एउटा गोप्य काण्ड मच्चाएका थिए । यो काण्डको खुलाशा उनी कृतिपुर बृत प्रमुख हुँदा छताछुल्ल भएको थियो ।

मानव अधिकारको क्षेत्रमा समेत सक्रिय एक युवतीलाई खत्रीले ‘रखैल’ राखी जीन्दगी माथि नै खेलवाड गरेको सार्वजनिक भएको थियो ।

ती युवतीलाई खत्रीले विभिन्न प्रलोभनमा पारी मायाजालमा फसाएर उनको जीन्दगीमाथि नै खेलवाड गरेको आरोप लागेको थियो ।

घरमा श्रीमती समेत रहेका डिएसपी खत्रीले ती युवतीलाई ‘विहे गर्ने प्रलोभन’ देखाएर लिभिङ टुगेदर बस्दै आएका थिए । डिएसपीले विहे प्रस्ताव गर्दा इन्कार गरेपछि ती युवतीले खत्रीको नियतमा खोट पाएकी थिइन् ।

२०७३ साल फागुनको अन्तिम तिर तत्कालिन काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको च्याम्बरमा रुँदै पुगेकी ती युवतीलाई प्रहरीले अहिलेसम्म न्याय दिएको छैन । तत्कालिन एसएसपी जोशीले छानबिन गर्नका लागि भन्दै तत्कालिन एसपी प्रधुम्न कार्कीलाई निर्देशन दिएका थिए ।

कार्कीले खत्रीलाई परिसरमा झिकाएर सोधपुछ गरेपनि उनले न्याय भने पाइनन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्माको पाउमा पुगेपछि कारबाहीबाट फुकुवा

घटनाले उग्र रुप लिएपछि डिएसपी खत्री तत्कालिन गृहमन्त्री जनार्दन शर्माको केही निकट व्यक्तिको सहारा लिन पुगेका थिए ।

गृहमन्त्री जनार्दशन शर्माको नजिक रहेका केही व्यक्तिले खत्रीलाई जोगाएको बताइन्छ । शर्माका निकट एक पत्रकारलाई खत्रीले राजधानी काठमाडौं आसपासमा केही जग्गा समेत खरिद गरिदिएर कारबाहीबाट फुकुवा भएको स्रोतको दाबी छ ।  दियो पोस्टको सहयोगमा 

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्