पाकिस्तान भ्रमणलगत्तै भारत पुगे साउदी युवराजः एयरपोर्टमा स्वागतका लागि पुगे मोदी
एजेन्सी साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिवसीय भ्रमणमा भारत पुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उनको स्वागत गरेका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्छ ।
साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन् ।
बुधबार जब प्रधानमन्त्री नरेन्द्र मोदी र युवराज सलमानबीच वार्ता हुनेछ तब पुलवामा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।
सोमबार इस्लामाबादमा साउदी विदेशमन्त्री आदेल अल जुबैरले भनेका थिए, ‘हाम्रो उद्देश्य दुई देश, छिमेकी देशबीच तनाव कम गर्नु हो र शान्तीपूर्ण तरिकाले मतभेद हटाउने कुनै बाटो छ कि त्यसबारे चर्चा गरिनेछ ।’
पुलवामा हमलाअघि साउदी राजकुमारको भ्रमणको मुख्य एजेन्डा भारतको तेलको बिक्रि र आर्थिक लगानी नै थियो ।
तर अब परिस्थिती बदलिएकाले राजनीतिक चर्चा पनि हुनेछ ।
पाकिस्तान पुगेका साउदी युवराजद्वारा २० अर्ब डलरको सम्झौता
भारतले इरानबाट सबैभन्दा धेरै तेल खरिद गर्छ । साउदी अरब आफ्नो चीर प्रतिद्वन्द्वी इरानलाई यो मामलालाई पछि हटाउन चाहन्छ ।
यसअघि जब साउदी युवराज आइतबार पाकिस्तान पुगेका थिए तब त्यहाँ उनको भव्य स्वागत भएको थियो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार