मोदीलाई इमरानको चेतावनीः भारतले आक्रमण गरे साेचेर बस्दिनँ !
पाकिस्तान, ७ फागुन
१४ फेब्रुअरीमा भारतको प्रशासित कश्मीरको पुलवामा सीआरपीएफको एउटा हमलामा ४० जना जवानको ज्यान गएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसविषयमा मुख खोलेका छन् ।
भारतले यस हमलामा पाकिस्तानलाई आरोप लगाउँदै आएको छ । यस हमलाको जिम्मेवारी पाकिस्तानकाे आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएका थिए । इमरान खानले भने, ‘भारतले पाकिस्तानमाथि बिना सबूत आरोप लगायो । हामी यो भन्न चाहन्छौं । जब पाकिस्तान शान्तितर्फ अगाडि लम्कीरहेका बेला हामी कसरी यस्तो गर्न सक्छौं ?’
पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘पाकिस्तानको यससँग के फाइदा छ ? अथवा हरेक पटक हामीलाई यही गर्नु छ त हामी किन पटक–पटक यही गरिरहन्छौं । म पटकपटक भन्दै आइरहेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान यस्ता हिंसाबाट आफैं पीडित छ ।’
पाकिस्तानी प्रधानमन्त्रीले कश्मीर हमलाका विषयमा वार्ता गर्न भारतलाई निम्तो दिएका छ्न । उनले भने, ‘म तपाईहरुलाई आग्रह गरिरहेको छु कि तपाईहरु आउनुहोस् अनुसन्धान गरौं । तर कसैले पाकिस्तानी जमिनको प्रयोग गरिरहेको छ भने त झनै हाम्रा लागि दुश्मन नै हुन् ।’
इमरान खानले भने, ‘आतंकवाद पूरै देशको समस्या हो । हाम्रो तर्फबाट हजारौं डलर यस आतंकवादीका लागि बर्बाद भएको छ । हिन्दुस्तानमा एक नयाँ सोच आउनुपर्छ । वार्ताबाट समस्याको हल गरौं । तर भारतले यसपटक सोच परिवर्तन गर्नुपर्छ ? भारतीय मिडिया र राजनीतिमा सुन्नमा आइरहेको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ । तपाईहरु पाकिस्तानमाथि हमला गर्नुहुन्छ के पाकिस्तान सोचेर बस्छ ? सोच्दैनौं, पाकिस्तान जवाफ दिन्छ ।’
प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार