क्षेत्री–ब्राहमण सम्पन्न हुँदैनन भन्दै सांसदले मागे क्षेत्री–ब्राहमणका लागि आरक्षण


 


काठमाडौ फागुन ६
नेपालमा आरक्षणलाई लिएर ठुलो बहस हुने गरेको छ । नेपालमा मात्रैं नभई विपन्न तथा पिछडीएका मानिसहरुलाई सरकारले आरक्षण दिने गर्दछ । नेपालमा पनि आरक्षणको व्यवस्था रहेको छ तर यो विपन्नताको आधारमा भन्दा पनि जातियता र क्षेत्रीयताको आआधारमा रहेको छ ।

भारतमा हालैं विपन्न क्षेत्री ब्राहमण्लाई मोदी सरकारले आरक्षण दिने घोषणा गरेको थियो । नेपालमा पनि निजामती सेवामा पदपूर्ति गर्दा ब्राह्मण र क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन माग उठीरहेको छ । नेकपाका सांसद गणेश ठगुन्नाले आज प्रतिनिधि सभाको बैठकमा यस्तो माग अगाडी सारेका हुन् ।

संघीय निजामती ऐनमाथिको सैद्धान्तिक छलफलका क्रममा नेकपा सांसदले संविधानको भावनाअनुसार बाहुन९क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन माग गरेका हुन् । संसदमा बेल्दैं उनले भने, ‘हाम्रो संविधानको प्रस्तावनामा समावेशी सिद्धान्तका आधारमा समतामुलक समाज निर्माण गर्ने भन्ने उल्लेख छ ।

संसदमा आएको विधेयकमा पदपूर्ति सम्बन्धी व्यवस्थामा क्लस्टर छुट्टाउँदा देशको सबैभन्दा धेरै जनसंख्या रहेको बाहुन९ क्षेत्रीको व्यवस्था छैन । त्यसभित्र सहभागिता गराउनु पर्ने धेरै जाति छन् ।” उनले सबैं बाहुन९क्षेत्री सम्पन्न नभएको भन्दैं्र यस्तो सोच नराख्न आग्रह गरेका छन् । सांसद गठुन्नाले हचुवाको भरमा पिछडिएको जिल्ला छुट्टाउँदा दार्चुला हटेको भन्दै पिछडिएको क्षेत्रमा फेरि समावेश गर्न आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्