मोदीलाई आफ्नै सभासदको झापड !
नयाँदिल्ली, पुस २
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै सांसदले कसिलो झापड प्रहार गरेका छन् । पहिला पनि धेरै पटक आफ्नो पार्टी बीजेपी र मोदी सरकारको कडा आलोचना गर्दै आएका बीजेपी सांसद तथा अभिनेता शत्रुघ्न सिन्हाले एसपटक सिधै मोदीमाथि प्रहार गरेका हुन् ।
मोदीविरुद्ध विचारको कडा झापड प्रहार गर्दै सिन्हाले केजरीवालमाथि छापा हान्नु मोदीको मुर्खता भएको बताएका छन् । उनले केजरीवाल वा उनको सचिवालयमा सीबीआईले छापा हान्ने समय नमिलेको भन्दै मोदीलाई विचार गर्न चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्– सीबीआईको छापा हान्ने समय मिलेन । यसरी पठाउने मोदी सरकारले बुद्धि लगाहोस् । मंगलबार एकाविहानै सीबीआईले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सचिवालयमा छापा हानेको थियो ।
अभिनेताबाट नेता बनेका शत्रुघ्नले पहिलापनि पार्टी र पार्टी नेतृत्वको मोदी सरकामाथि प्रश्न उठाउँदै आएका छन् । बिहार चुनावमा पनि उनले पार्टीको आलोचना गर्दै नीतिश कुमारको पक्षमा बोलेका थिए ।
त्यो बेला उनलाई पार्टीबाट निकाल्नुपर्ने आवाज उठेपनि उनले निकालेर देखाउन मोदीलाई चुनौति दिएका थिए । यो घटनाबाट मोदी छिमेकी देशका नजरमा मात्र नभइ आफ्नै पार्टीका नेताका नजरमा भिलेन बनेको प्रष्ट हुन्छ ।
प्रकाशित मिति: २ पुस २०७२, बिहिबार