जम्मु–काश्मिरमा दोहोरो गोली हानाहान, ४ भारतीय सैनिक मारिए


 


नयाँदिल्ली, ६ फागुन

भारत प्रशासित जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको बीबीसीले जनाएको छ ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्