गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाउने कार्य निन्दनीयः नेपाल सांस्कृतिक संघ


 


काठमाडौं फागुन ५
नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक संघले गायक पशुपति शर्माको गीत माथि सरकारले प्रतिबन्घ लगाउने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । गायनबाट सार्वजनिक भएको व्यंगात्मक नेपाली गीतलाई प्रतिबन्ध लगाउने कार्य घोर निन्दनीय भएको पनि उस्को ठहर छ ।

संघको तर्फबाट आइतबार एक विज्ञप्ती जारी गर्दै संघले भनेको छ ‘ यस किसिमको सांस्कृतिक क्षेत्रको मानमर्दन र हस्तक्षेपबाट मुलुकको स्वाधीनता र स्वाभिमानमाथि आँच आउने हुँदा सरकारको विरोधाभासपूर्ण शैलीको घोर निन्दा र भत्र्सना गर्दछौं । ’

भाषा, साहित्य, गीत, संगीत, कलाकौशल भेषभूषा रीतिथिति आदिले मुलुकको हरेक वर्ग र समुदायको प्रतिविम्बन गराउने हुँदा विश्वमा नेपालीले रुचाएका पशुपति शर्माको गीतमाथि गरिएको प्रतिबन्धबाट सकारात्मक सन्देश नजाने निश्चित भएको पनि संघको निष्कर्ष छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्