भारत–पाकिस्तान युद्धको नजिक : १४० सैनिक विमान सीमाक्षेत्रमा यसरी होमिए !


 


काठमाडौं फागुन ५
आतंकवादी आक्रमणमा आफ्ना ४६ सैनिक मारिएपछि रिसाएको भारतले युद्धभ्यास सुरु गरेको छ । भारतीय वायुसेना ले राजस्थानमा पाकिस्तानी सीमा नजिकैंको पोखरणमा ठुलो शक्ति पर्दशन गरेको छ । पर्दशनमा १४० सैनिक विमानको प्रयोग गरिएको थियो भने ८१ वायु सेनाको सहभागिता रहेको बीबीसीले जनाएको छ ।

भारतबाट प्रकाशित हुने हन्दिुस्तान टाइम्सकाअनुसार भारतीय वायुसेनाका प्रमुख एयर चिफ मार्शल बीएस धनोआले भनेका छन, “वायुसेना देश९भारत० को राजनीतिक नेतृत्वको कुनैपनि निर्णयलाई लागु गर्नको लागी तयार छ ।” धनोआ अगाडी थप्दैं भने, “आज हामी दन्ड दिनको लागी आफ्नो शक्ति पर्दशन गरिरहेका छौं, हामी दुश्मन भएको क्षेत्रमा सैनिक तैनाथ गरेर हाम्रो शक्ति देखाउँनेछौं ।”

उनले भारतीय वायु सैनिक पाकिस्तानलाई जुनसुकै अवस्थामा पनि हराउँन सक्ने क्षमता राख्ने बताए । उनले दिनमा होस् वा रातमा सानो होस वा ठुलो जुनसुकैं युद्धमा पनि भारतले पाकिस्तानलाई तहसनहस पार्न सक्ने दाबी गरेका छन् । वायुशक्ति अभ्यासमा वायुसेनाको हलुका विमान तेजस, अझ हल्का लड़ाकू हेलीकोप्टर जस्तै, देशी जंगी वायुयानको मार क्षमता एवम जमिन देखि आकाशमा मार हान्न सक्ने हतियारको पर्दशन गरिएको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्