चैत १८ देखि एसएलसी परीक्षा (परीक्षा तालिका सहित)


 


भक्तपुर, पुस १

याे बर्षकाे एसएलसी परीक्षा चैत्र २८ गतेबाट शुरू हुने भएकाे छ ।  तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको हाे ।

परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।

१८ गते अनिवार्य अंग्रेजी

१९ गते अनिवार्य नेपाली

२१ गते अनिवार्य गणित

२२ गते विज्ञान

२३ गते सामाजिक शिक्षा

२४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा

२५ गते ऐच्छिक प्रथम

२६ गते द्वितीय ऐच्छिक

प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: १ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्