कर्णालीलाई सुगम बनाउन सरकार लागिपरेको छ : ओली


 


काठमाडौं, ४ फागुन :

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सुगम बनाइने बताएका छन् ।

डोल्पो समाजले आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।

“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकिकृत बस्तीको रुपमा विकास गरिने समेत बताए ।

“पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाई स्थानान्तरण गरेर एकिकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभूत सुविधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्