अब कांग्रेसले बनाएको भ्रष्टचारको जालो च्यातचुत पारिदिन्छौं: जनार्दन शर्मा


 


काठमाडौं फागुन ३
म २०६१ सालमा साँस्कृतिक महोत्सवमा संकटकाल लागिसकेपछि जनताहरुले कुण्ठित गरेको अनुभूति मैले पाएँ । र आफूले दिल खोलेर गित नगाएको, नाँच्न नपाएको, हाँस्न नपाएको मैंले मशसुस गरेपछि सुदुरपश्चिमको अछाम जिल्लामा एउटा साँस्कृतिक महोत्सवको आयोजना गरेको थिएँ ।

महोत्सवको बेलामा धेरै साँस्कृतिक पलाटन, सांस्कृतिक कम्पनीहरु टोलटोलबाट निर्माण भएर आएका थिए । र हजारौं जनताको उपस्थितिमा त्यहाँ साँस्कृतिक महोत्सव चलिरहेको थियो । त्यतिबेला आकाशबाट गोलीहरु वर्षीरहेका थिए । बमहरु फ्याकिँराखेका थिए । आकाशमा हेलिकप्टरहरु उडिरहेका थिए ।

तर, त्यहाँ ढुक्कसँग जनता नाचिरहेका थिए । म पनि निर्धक्क थिएँ । तर, आज म जहाँ छु एउटा साँस्कृतिक कार्यक्रममा छु । जुन परिवेशमा छु । म आज ढुक्क छैन् । म आज निर्धक्क छैन् । म कतै थोरै गम्भीर छु, त्रसित छु । जनयुद्धले उठाएका ति एजेण्डाहरु जनयुद्ध एउटा महान एतिहासिक परिघटना हो । जनयुद्ध एउटा महान एतिहासिक प्रक्रिया, प्रवाह हो ।

त्यो प्रवाहले जुन कुराहरु ल्याएको छ । आज हाम्रो जनयुद्धबारे जे बुझाइ छ मेरो अलिक फरक धारणा छ । जनयुद्ध सबै आन्दोलनको नेतृत्व हो । यसले सबै राष्ट्रिय आन्दोलनहरुलाई यसभित्र समाहित गर्यो । मलाई त्यतिबेला गिरिजाप्रसाद कोइरालाले पठाएको एउटा सन्देशको याद छ । म त्यति बेला पाल्पामा जनमुक्ति सेनाको नेतृत्व गरिरहेको थिएँ । त्यतिबेलाको सन्देश मैले प्राप्त गरेको थिएँ, ‘अलि तिव्र गतिमा जनमुक्ति सेनाले अगाडि बढ्नुपर्यो । जनमुक्तिसेनाले छिटो आक्रमण गर्नुपर्यो ।’

किन होइन जनयुद्ध नेतृत्व ?

जनयुद्ध नेतृत्व हो सबै आन्दोलनको नेतृत्व हो भनेर यहाँ ओझेलमा पार्न खोजिएको छ । यो कुरा कदापी होइन, सच्चाई के हो भने जनयुद्ध यो परिवर्तनको नेपालका सबै आन्दालनका झापा आन्दोलन, सबै किसान आन्दोलन, सबै राष्ट्रिय आन्दोलनको नेतृत्व हो भन्ने मेरो दाबी । र, यो जनयुद्धमा ठूलो त्याग र बलिदान भएको छ । जनयुद्ध जनताको ठुलो योगदान र नेतृत्वको दुरदर्शिता र सक्षमताको युगमा यहाँसम्म आइपुगेको हो । यहाँ आइनपुग्न पनि सकिन्थ्यो । त

र, यहाँ आइपुगिएको छ । यहाँ आइपुगिसकेपछि आज नेकपाको सरकार छ । नेपालमा कम्युनिष्टहरुलाई एकताबद्ध गरेर हाम्रा नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष केपी ओलीले जुन पार्टी निर्माण गर्नुभएको छ यो धेरै महान उपलब्धी हो । यसलाई सफल पार्नु हामी सबैको कर्तव्य हो । अहिले सरकार निर्माण भएको छ । यो सरकारलाई बलियो बनाउन हामी सबैको कर्तव्य हो । यस सरकारलाई सफल बनाउन हामी सबैको कर्तव्य हो । यसप्रति म दृढ र प्रतिबद्ध छु ।

आज ति बलिदान गर्ने सहिदहरुलाई स्म्मान गर्ने होइन भने, आज ति बेपत्ता पारिएका व्यक्तिलाई सम्मान गर्ने होइन भने आज हजारौं घाइते छन् ति घाइतेहरुको सम्मान र व्यवस्थापन गर्ने होइन भने हिजो जनयुद्धमा लागेर आज थुप्रै दुःखमा परेका जनमुक्ती सेनाका योद्धाहरु छन् । कोही बर्हिगमनका नाममा कोही के नाममा यदी उहाँहरुको संरक्षण गर्ने होइन भने समृद्धि आउँदैन ।

समृद्धि हुन सक्दैन । इतिहास र इतिहासको बलिदानीलाई बिर्सियो भने बाँकी व्यक्तिको अस्तित्व रहँदैन् । क्रान्ति र राजनीतिको अस्तित्व रहँदैन् त्यसकारण त्यसको सम्मान गर्नुपर्छ र व्यवस्थापन गर्नुपर्छ । अध्यक्ष प्रचण्डलाई यो पहल गर्न म आग्रह गर्छु । त्यसका हामीलाई के आदेश छ त्यो पूरा गर्न म तयार छु ।

दोस्रो कुरा मैले जनयुद्धमा हुँदा र शान्ति प्रक्रियामा आउँदा मलाई कुनै अन्तर महसुस गरेको छैन् । मैले मन्त्री हुँदा पनि कुनै अन्तर महसुश गरिन । म निरन्तर ०३६ सालबाट यो आन्दोलनमा लागेको हुँ । ०४६ सालबाट प्रचण्ड कमरेडसँग भेट भयो । उहाँले निरन्तर लड्ने हो । निरन्तर लड्नुपर्छ भन्नु भएको थियो । केही मार्गदर्शनलाई पक्रेर जनयुद्धमा त लडियो–लडियो शान्ति प्रक्रियामा आएर पनि अर्को युद्ध लडेर संविधान बनाउनुपर्यो त्यसकारण मलाई जनयुद्ध र शान्ति प्रक्रिया फरकै लागेन । सरकारमा आइयो अध्यक्ष कमरेडले अर्कै मोर्चा खोल्नु भयो त्यो मलाई फरक लागेन ।

फेरी मन्त्री भएँ त्यो पनि मलाई फरक लागेन । भ्रष्टाचार विरोधी तत्वहरुसँग लड्नुपर्ने भयो । एउटा मोर्चा नै खोल्नु पर्ने भयो । यहाँसम्म आइपुग्दा फरक लडाइँ लड्नुपर्ने बाहेक मैले अर्को अनुभूति गर्न पाएको छैन् । के हो शािन्त ? मैले बुझेको छैन् । कम्युनिष्ट हुनुको नाताले वर्ग संर्घष निरन्तर अगाडि बढ्ने हो । वर्गसंर्घष भन्दा बाहिर, उत्पीडित वर्गको हक र अधिकार भन्दा बाहिर आफ्नो व्यक्तिगत स्वार्थ, आफू सुखसयलमा लाग्ने हो भने कम्युनिष्ट हुनुको के अर्थ ? किन कम्युनिष्ट पार्टीमा लाग्नु ? त्यसकारण निरन्तर संघर्षको बाटो हो त्यो बाटो हिँड्ने हो ।

हो बन्दुक लिएर शान्ति प्रक्रियामा लड्यौं । शान्ति प्रक्रियामा आउन अध्यक्ष प्रचण्डले ३० पार्टी जुटाउनुु भयो । ३० पार्टी र समुदाय मिलेर हामी सबै लड्यौं । र आज आज दलाल पूँजीवादकाविरुद्ध लड्ने हो । विकास गर्ने हो । आज जनता लिएर लड्नुपर्छ मैले भनेको छु जनता र सरकारको तालमेल भएको छैन् । सरकारले लाखौं जनतालाई परिचालन गर्नुपर्यो । मेरो यो माग छ । यसो हुँदा सरकार बलियो हुन्छ ।

यो भनिरहँदा सरकारका कानहरुमा पर्यो भने चर्कोसँग विरोध गर्यो भन्ने मान्नुहुन्छ भने यस्तो विरोध म निरिन्तर गरिरहन्छु । किनभने मेरो कुरा सरकार बलियो बनाउने कुरा हो । र मन्त्रीहरुले कुर्सीमा बसेर होइन । जनताको बीचमा गएर अब केही गर्नुपर्छ । ति हजारौं मान्छेहरुलाई रोजगार दिएर काममा लगाउने हो ।

यो आजको देशको आवक्यकता हो । हाम्रो कम्युनिष्ट पार्टीले दलालहरुको ध्यानलाई तोडेर मात्रै अगाडि बढ्न सकिन्छ । सरकार दलालको घेरामा छ भने हामीलाई भन्नुपर्यो । घेरा तोड्न हामी आउँछौं वा आफैं तोड्नपर्यो । विगत(कांग्रेस)को सरकारले बनाएको भ्रष्टचारको जालो त्यहाँ छ भने हामी आएर च्यातचुत पारिदिन्छौं । वा आफैं च्यात्नोस् यो कुरा सरकार बलियो बनाउने कुरा हो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्