प्रचण्ड र मेरो जोडी यत्तिकै छुट्दैनः ओली


 


काठमाडौं फागुन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो जोडी कसैले चाहँदैमा नटुट्ने बताएका छन् ।

जनताको जलविद्युत् कार्यक्रम घोषणा समारोहलाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘भवितव्यमा बाटोमा हिँड्दाहिँड्दै झल्याँस्स भेटेको जोडी होइन, यो त सुविचारित ढंगले बनेको हो । हामीले देश बनाउनु छ । मिलेर मात्र देश बन्छ’, ओलीले भने ।

अघिल्लो दिनको बोक्सी र जँड्याहाको प्रसंग उल्लेख गर्दै ओलीले थपे, ‘अहिलेका अध्यक्षहरूलाई यो कुरा थाहा छ, आमा बोक्सी भइन्, बा जँड्याहा भए भन्नेको कुनै काम छैन । कुरा बोकेर जीवन चलाउनेहरूको दिन गयो ।’

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्