इरानविरुद्ध नेपाल दुई–शून्यले अगाडि
काठमाडौं फागुन १
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले दुई–शून्य गोलको अग्रता बनाएको छ ।
खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् ।
आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी छिन् ।
भारत विरूद्ध २ गोल गरेकी सावित्रा भण्डारीले आज पनि नेपालको स्ट्राइकिङ जिम्मेवारी पाएकी छिन् ।
आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ । आजको खेल ड्र भएमा भने नेपालले म्यानमार र भारतबीचको नतिजा कुर्नुपर्नेछ । फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले कडा टक्कर दिइरहेको छ ।
नेपाली टिम
गोलकिपरः एन्जिला तुम्बोप्पो सु्ब्वा
डिफेन्डरः गिता राना, मनमाया लिम्बु, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी -कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई, अनिता बस्नेत, सरु लिम्बुू स्ट्राइकरः सावित्रा भण्डारी,
प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार