कामदारलाई त्रिभुवन विमानस्थलमा दुःख दिएको भन्दै ध्यानाकर्षण


 


काठमाडौं फागुन १
रिटर्नी माइग्रेट नेपालले वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अनावश्यक दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । नेपालको अर्थतन्त्रमा ३२ प्रतिशत योगदान दिने कामदारमाथि भन्सार कार्यालयमा अनावश्यक तनाव र सास्ती दिएर लज्जित गराईने उक्त संस्थाको दावी छ ।

पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा यात्रुको लगेज चेकजाँचका नाममा कडाई गरिएको छ । विदेशमा काम गरी आउनेले प्रायः जसो नेपालीहरुले फर्कंदा मोबाइलहरु ल्याउने गरेका छन् । त्यस्तै उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन् । तर, उनीहरुलाई नेपालको भन्सार नियम कानून थाहा नहुँदा विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य भईरहेका छन् । त्यसमाथि गाली गलौज र अपमान खेप्नुपर्ने स्वदेश फर्किनेहरुले गुनासो गरिरहेका छन् ।

झिटीगुन्डा सम्बन्धि ऐन नियमले विदेशबाट नेपाल फर्कनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेटबाहेक एउटा नयाँ सेट पनि विना शुल्क ल्याउन दिने गरेको छ । तर उक्त संस्थाका अध्यक्ष उत्तम अधिकारीले जारी गरेको विज्ञप्तीमा विमानस्थलमा हुने व्यवहार अन्यन्तै अपमानजनक रहेको उल्लेख छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्