खानेपानीको समस्या समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने


 


काठमाडौं माघ २९
खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताए । घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताए ।

भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताइन् । उनले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्