३० प्रतिशत अस्थायी शिक्षकले लिखित परीक्षामा ५ नम्बर पनि ल्याउन सकेनन्


 


काठमाडौं माघ २९
गत असारमा लिईएको अस्थायी शिक्षकको लिखित परीक्षामा करिब ३० प्रतिशत शिक्षकले एकदमै कम अंक ल्याएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ३० प्रतिशभन्दा बढी शिक्षकहरुले ५ नम्बर पनि ल्याउन नसकेका हुन् । वर्षौदेखि विद्यालयमा पढाउँदैं आएका असथायी शिक्षकहरुले खिलित परीक्षामा ल्याएको अंक लाजमर्दो रहेको पाईएको हो ।

शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले ३० प्रतिशत अस्थायी शिक्षकहरुले लिखिति परीक्षामा ५ नम्बर पनि ल्याउन नसकेको बताए । वर्षौदेखि विद्यालयमा अध्यायपन गराउँदैं आएका शिक्षकहरुको यस्तो नतिजाले उदेक लाग्दो रहेको अध्यक्ष गौतमको भनाई छ ।

आफ्ना मान्छेहरुलाई झुक्याउनका लागि मात्रै परीक्षामा सहभागी भएको जस्तो देखिएको उनको भनाई छ । गौतमले भने, ‘यत्रा शिक्षक फेल हुनु दूर्भाग्यपूर्ण छ । परीक्षामा सहभागी ३० प्रतिशत जतिले लिखित परीक्षामा ४/५ अंक समेत ल्याउन सकेनन् ।’

विश्वविद्यालयको प्रमाणपत्र पाएका, शिक्षक लाइसेन्सको परीक्षा उत्तीर्ण भइसकेका शिक्षकहरुले समेत ४/५ अंक ल्याएको भन्दै यस्तो तरिकाले सार्वजनिक विद्यालय कसरी माथि उठ्न सक्ने भन्दै प्रश्न गरे ।

शिक्षक हुन लाइसेन्स पनि चाहिने, तालीम पनि चाहिने तर कर्मचारी हुन दुवै नचाहिने भएकाले शिक्षक बन्न उत्कृष्टहरु आकर्षित नभएको उनको भनाइ थियो ।

कर्मचारी बन्न सजिलो भएपछि किन शिक्षक बन्ने ? भन्दैं अध्यक्ष गौतमले उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षक बनौं बनौं लाग्ने वातावरण नबनाएसम्म सार्वजनिक शिक्षा नसुध्रिने स्पष्ट पारे ।

हाल विद्यालयमा शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुको संख्या एकतिहाइ पनि नपुगेको भन्दै त्यसकारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको आरोप लगाए ।

हालसम्म आयोगले जम्मा ४ विज्ञापन गरेको र १ लाख ७ हजार दरवन्दी मध्ये आयोगबाट प्रतिस्पर्धा गरी सिफारिस शिक्षकको संख्या एक तिहाइ पनि नपुगेको भन्दै सबै दरवन्दीमा आयोगबाट सिफारिस शिक्षक पुर्याउन सके सुधार हुने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्