ग्रामीण साकोसको रजत महोत्सबको दोस्रो दिन मावि स्तिरीय बकृतृत्वकला सम्पन्न


 


रबिन्द्र यादव माघ २९ , नवलपरासी पश्चिम

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको २५ औं स्थापना दिवस एवं रजत महोत्सबमा प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल तथा राष्ट्यि कालाकार पशुपति शर्मा आउनेहुनु भएको छ ।

फाल्गुन १ गते बर्दघाटको पुरानो चौकीमा संचालन हुने सांस्कृतीक कार्यक्रम सहतिको महोत्सव मा प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल प्रमुख अतिथि रहनुहुने छ भने कार्यक्रममा राष्टिय कलाकार पशुपति शर्माको बेजोड प्रस्तुती रहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभएको छ । संस्थाले आफनो स्थापना दिवश अन्तर्गत ३ दिने कार्यक्रम सार्वजनीक गरेको थियो जस अन्तर्गत महोत्सबको दोस्रो दिन साकोसद्धारा आयोजित मावि स्तिरीय बकृतृत्वकला स्वर्णिम सेवा केन्द्र भुताहामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले ग्रामीण साकोस अब बाल अवस्था पार गरि वयस्क अवस्थामा प्रवेश गरिसकेकोले यसको लक्ष्य पुरा गर्नका लागि सम्पुर्ण सदस्य तथा सरोकारवाला थप तदारुकताका साथ लागि पर्न जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रममा बर्दघाट वडा नं ९ का वडाअध्यक्ष चन्द्रकान्त चापागाई , ८ का वडाअध्यक्ष कविराज आचार्य ,संस्थाका संचालक समितिका सहसचिव राधा ढकाल ,कोषाध्यक्ष सुरज केसि , सदस्य मुरलीकृष्ण खनाल ,कृष्ण प्रसाद गौतम ,देवीदत्त सापकोटा ,मञ्जु भट्टराई ,किशोररत्न बौद्याचार्य ,छविलाल तिमिल्सीना र सल्लाहकार राम प्रसाद पौडेलको आतिथ्यता रहेको थियो भने ग्रामीण सचेत महिला समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरपालीका तथा सरावल गाउपालीकामा रहेका मावि स्तिरीय ६ वटा विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी प्रसाद अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने प्रतियोगीतामा वसन्तपुर जेनिथ इग्लिश स्कुल सरावलका छात्रा कषिश भण्डारी प्रथम ,गंगावस्ति माविकी छात्रा खुश्बु खत्रि द्धितिय र ग्लोवल एकेडमी बर्दघाट ९ का छात्र अनुप देवकोटा तृतिय हुनुभएको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई पाच हजार , द्धितिय हुनेलाई ३ हजार तथा तृतिय हुनेलाई नगद रु दुई हजार रुपैया सहति प्रमाणपत्रको व्यवस्था गरिएको छ । । दिव्यज्योती बहुमुखी क्याम्पस चिसापानीका प्राध्यापक कृष्ण बन्धु पौडेल, कमल प्रसाद कोइराला र नारायणदत्त घिमिरे निर्णयक मण्डल रहनु भएको कार्यक्रमको संचालन संस्थाका संचालक समितिका सदस्य कृष्ण प्रसाद गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्