जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली नजाने !


 


काठमाडौं माघ २९
प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा सहभागी नहुने भएका छन् । नेकपाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रममा नेकपाका अध्यक्ष समेत ओली सामेल नहुने भएका हुन् ।

तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो ।

नेकपाको केन्द्रीय कार्यलयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले गरेको निमन्त्रणा पत्र अनुसार उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागि हुनेछन्। ओली भने पार्टी कार्यालयको कार्यक्रममा सहभागि हुने छैनन्।

‘एउटा अध्यक्ष पार्टीको कार्यक्रममा र अर्को अध्यक्ष प्रधानमन्त्री पनि भएकाले सरकारी कार्यक्रममा जानुहुन्छ’, श्रेष्ठले सेतोपाटीसँग भने, ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरुको सम्झनामा हामीले श्रद्धाञ्जली सभा राखेका छौँ।’

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्