अब तीन सन्तान हुनेबित्तिकै लाखौंको ऋण माफी, करसमेत लाग्दैन


 


काठमाडौं माघ २९ एजेन्सी

हंगरीमा चार बढी सन्तान हुने महिलालाई जीवनभरी आयकरमा छुट दिइने त्यहाँका प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

प्रधानमन्त्री भिक्टोर आर्बनले आप्रवासीमाथि निर्भरता घटाउन र हंगरीको भविष्यलाई बचाइराख्ने यो नै एक तरिका भएको बताएका छन् ।

दक्षिणपन्थी राष्ट्रवादी विशेष रुपमा मुस्लिम देशबाट आइरहेका आप्रवासीको विरोध गरिरहन्छन् ।

हंगरीको जनसंख्यामा हरेक वर्ष ३२ हजारको कमी भइरहेको छ र युरोपेली संघको तुलनामा यहाँका बच्चाको औसत संख्या कम छ ।

बच्चा जन्माउन प्रोत्साहन स्वरुप यहाँका युवा जोडीलाई करिब लगभग ४२ लाख रुपैयाँको ब्याजबिनाको ऋण प्रदान गरिनेछ । उनीहरुको तीन सन्तान हुनेबित्तिकै यो ऋण माफी गरिनेछ ।

प्रधानमन्त्री आर्बनले भने, ‘हामीलाई संख्या होइन, नागरिकको आवश्यकता छ ।’

नीतिको विरोधः

जब प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरिरहेका थिए, देशको राजधानी बुडापेस्टमा यी नीतिविरुद्ध विरोध भइरहेको थियो ।

उनको कार्यालयका अगाडि करिब दुई हजार प्रदर्शनकारीले यसलाई फिर्ता लिन माग गरिरहेका थिए र राजधानीका अन्य भागमा पनि यसविरुद्ध आन्दोलन भइरहेको थियो ।

संवाददाताका अनुसार प्रधानमन्त्रीको भाषणले त्यतिबेला प्रशंसा पायो जब उनले जन्मदर बढाउनका लागि सात सूत्रीय योजनाको घोषणा गरे ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्