‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ : चित्रहादुर केसी


 


पाल्पा, २८ माघ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन ।

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे ।

उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए । सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत उनको जिकिर छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्