खोटाङको थामखर्क बिमानस्थल उदघाटन, स्थानीयमा छायो खुसियाली


 


खोटाङ, माघ २८

खोटाङको थामखर्क बिमानस्थल उदघाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द अधिकारीले आज बिशेष कार्यक्रमबीच बिमानस्थलको उदघाटन गनृुभएको हो ।

खोटाङका सांसद बशाल भट्टराईका अनुसार २६ महिनाको अथक प्रयासपछि कालोपत्रे भएर आज मन्त्री अधिकारीले बिमानस्थलको उद्घाटन गर्नुभएको हो। सो अवसरमा मन्त्री अधिकराले बिमानस्थल सञ्चालनमा बशेष ध्यान दिइने बताउनु भयो । थामखर्क बिमानस्थलमा नियमित र बार्हैमहिना उडान हुने प्रतिबद्धता मन्त्री अधिकारीले गर्नुभयो ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा अब थामखर्क बिमानस्थलमा नियमित र बार्हैमहिना उडान हुने प्रतिबद्धता मन्त्री र नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले व्यक्त गर्नुभयो भने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिब गौतमले बिमानस्थल निर्माणको बाकी अत्यावश्यक काम अबिलम्ब पुरा गरिने बताउनु भयो,’ बिमानस्थल उदघाटनलगत्तै सांसद भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्