भ्रष्ट्राचारीलाई परिवारबाट नै घृणा गरौँ : प्रधानमन्त्री ओली


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट्राचारीलाई परिवारबाट नै घृणा गर्न अनुरोध गर्नुभएको छ । मुलुकबाट भ्रष्ट्राचार जरैदेखी ओखेल्न सके मुलुकले नयाँ मोड लिने उहाँको धारण थियो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार सबैको सत्रु भएको र यसलाई निर्मुल पार्न सबैजना हातेमालो गरेर अगाडी बढ्न आह्वान समेत गर्नु भएको छ । सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुपर्ने भन्दै
भ्रष्ट्राचार गर्ने जो कोहीलाई छोड्न हुदैँन, उहाँले भन्नु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष र सबल हुनुपर्ने बताउँदै अहिलेको सरकार लोकतान्त्रिक विधिमा चलेको र त्यसमा भ्रष्ट्राचार हुन नहुने बताउनु भयो । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गर्नका लागि अख्तियार आफू पनि भ्रष्टाचार मुक्त हुनुपर्छ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्