नेपाललाई स्थिर देख्न नचाहने शक्तिले ओली सरकारलाई फुटेका आँखाले पनि देख्न सकिरहेको छैन


 


काठमाडौं माघ २८
देश गरिब भयो भन्ने सुनेरै कयाँै पुस्ताको जुनी गयो । यति धेरै स्रोत साधन सम्पन्न देश पनि गरिब हुन सक्छ ? बालुवा बाहेक केही नभएका देशका नीति निर्माताहरुलाई सम्झिन्छु । कहिलेकाँही अर्काको भागमा पस्केको मिठो रहरलाग्दो खाना देखेर हाम्रो मुखमा पानी नै आँउछ ।

प्राकृतिको स्रोत साधन नभएका देशले नेपाललाई हेरेर कति थुक निल्दा हुन् । नेपाल जस्तो देश पनि गरिब देशमा पर्छ भनेर थाहा पाउँदा तीन छक्क परेर निधार मुजा पार्नेहरु कति छन् कति छन् । समृद्धी नारामा टार्ने र बिकाशमा झारा टार्ने भएपछि यस्तो उर्वर देश पनि बाँझो बन्दो रहेछ । देश राजनीतिक खिचतानी को विश्वकै वस्र्ट उदाहरण बनिरहेको छ । सत्तासिन नेकपा जो २ पार्टी मिलेर बनेका छन् तिनलाई के निहुँ पाउ र आफ्नो गुटको हैकम चलाउ भन्ने छ ।

फोटो खिच्न अंकमाल गरे जस्तो मिलन एउटा भेनेजोएलाको काण्डमै लगलग खुट्टा कमाइरहेको छ । एउटा शक्ति यो देशलाई कहिल्यै पनि स्थिर देख्न चाहँदैन र अस्थिरता चाहनेले पछाडिबाट फन्डिङ र सर्पोट गरी नै रहन्छ ।

नेपाललाई अस्थिर देख्न चाहने त्यो शक्तिले २ तिहाई बहुमतको सरकारलाई फुटेका आँखाले पनि देख्न सकिरहेको छैन । सत्तारुढ दलका नेताहरुको पछिल्ला अभिव्यक्तिहरु कुनै अकस्मात होइनन् । शक्तिका लागि सत्ताका लागि, पैसाका लागि, आँफूलाई आलुको भाउमा विक्री गर्न तयार नेताहरु छ्याप्प छ्याप्ती भएपछि के विदेशीलाई दोष लगाउनु ?

जसरी भुकम्पपछि सबै पार्टी एक भएर संविधान निर्माणमा लागे, त्यसले परिणाम दियो नी । हो, अब नेपाललाई स्थिर बनाउने हो भने सत्तापक्ष प्रतिपक्ष सारा पार्टीहरु एक ठाँउमा अभिनु जरुरी छ ।

राजनीतिक दल र तिनका नेताहरु यो देशका लागि भन्दा पनि आफ्नो अस्तित्व जोगाउन मात्र एक भएका हुन कि भन्ने शंका छ । ६२÷६३ को आन्दोलनमा सबै एक ठाँउमा उभिए । मुलुकको हितलाई मात्र सोच्ने हो भने, यो भन्दा सुर्वण अवसर कहाँ छ ?
२÷४ बर्ष सत्तामा बस्न नपाउने वित्तिकै छटपटी माथि छटपटी, पार्टी भित्र गुट उपगुट, प्रतिपक्ष झन् यसै प्रतिपक्ष भैहाल्यो । मुलकुलाई समृद्धी तर्फ लैजान चाहने नेता छन्, भने अब केही वर्ष एक जुट हुन जरुरी छ ।

वान एजेन्डा, सुशासनसहितको आर्थिक विकास । देश गरिब छँदै छैन । कति अर्बको राजश्व छलि भइरहेको छ ? भ्याट छलेर कति अरब पैसा गोलमाल भएको छ ? काम नगर्ने ठेकेदारका धरौटी कति अर्ब छन् ?

भन्सार ठगी, अकुत आर्जन, अवैध विदेश लगानी, यो देशमा पैसाको दुख हुन्छ होला त ? सारा पैसा उठाउने र तिथी बसाल्ने हो भने दुतावास खोलेर बसेका राजदुतहरुले सातो लिन सक्छन् ?
समृृद्धीमा फोकस गर्न छोडेर भेनेजोएलामा लफडा रोजेर कुन बाटोबाट आउँछ समृद्धी । कृषि प्रधान देशमा सवा ३ अर्बको आलु आयत, ५ अर्बको स्याउ आयात, झण्डै २ अर्बको दुध आयात, पौने ४ अर्बको प्याज आयात ।

अनि प्याज काट्दा एक्ट्रा आँशु आउँदैन त ? देश भक्त होइनन् पद भक्तहरु कहिले पनि एक हुन सक्दैनन् र लाष्टमा गएर विदेशी शक्तिलाई दोष लगाउँछन् । लेखेर राख्नुस, यी सारा राजनीतिक दल एक ठाँउमा उभिनलाई फेरी कुनै प्रकारको ‘कु’ भए मात्रै हो । नत्र मिल्दैनन् ।

त्यसपछि सबको मुद्धा एक हुन्छ, सबका सब एकै ठाँउमा खडा हुन्छन् । सून्दा नमिठो लाग्ला तर कुनै पनि प्रकारको अनिष्ट रोक्ने हो भने मुलुकका सबै दल समृद्धीको एजेण्डामा एकै ठाँउमा उभिनु जरुरी छ, जसरी ६२÷६३ आन्दोलनमा उभिएका थिए । भेनेजुएलाको निहु पारेर नेकपाको एकता तोड्न पाए यस्तो र उस्तो फाइदा हुन्थ्यो भन्नेहरु प्रचण्ड ओली भड्काउन झोली तुम्बा बोकर निस्की सके ।

आ आफ्ना फाइदाका लागि यो मुलुकलाई युगाँै युगसम्मको विकाशको स्वाद चाख्न नदिनेहरुको जमात सत्तापक्ष र प्रतिपक्ष दुबै तिर उल्लेख्य संख्यामा छ । यो देशलाई गरिब नै बनाएर राख्न पाए, अशिक्षित नै बनाएर राख्न पाए, थेप्चे र चु्च्चे भन्दै विभाजित गराउन पाए धेरैको सटर चल्छ । गाँउ गाँउमा गएर हात धुन सिकाउन पाइन्छ, अधिकारका नाउँमा विविध कार्यक्रम गर्न पाइन्छ ।

केही मानिसको पसल चलाउन, केही मानिसको जागिर जोगाउन यो देशले कति बर्ष गरिब भई दिनुपर्ने ? आफ्नै स्रोत साधनको प्रयोग गरी प्रसस्त व्यापार व्यवसाय गरी आत्म निर्भर मात्र होइन, निर्यात समेत गर्न सक्ने सम्भावना नै सम्भावनाको देशलाई अल्झाएको अल्झाई गर्ने प्रयास फेरी हुन सक्छ ।

बंगलादेश, पाकिस्तान लगायत अन्य अफ्रिकी मुलुकमा लगानी गर्ने चिन र भारत नजिकैको नेपालमा किन लगानी गर्दैनन् । विदशी लगानीकर्ताको कुरा छोडौ, स्वदेशी लगानीकर्तालाई खोइ प्रोत्साहन ?

१५÷१६ प्रतिशत व्याज तिरेर कसरी गर्ने व्यापार ? सिंगल डिजिटमा बैकको व्याज भए पो आर्थिक प्रगती डबल डिजिटमा हुन्छ । अर्थतन्त्रको महाज्ञाता अर्थमन्त्रीज्युलाई यति सानो कुरा हामीले के पढाउनु प¥थ्यो र । तर देशमा राजनीति बाहेक केही मौलाएन ।

पानी नै पानी बेचेर बस्नु पर्ने देश पसिना नै पसिना बेच्न बाध्य भएको छ । आफ्ना सन्तान देशकै मंहगा महंगा स्कुल र विदेशका नामुद युनिभर्सिटीमा पठाउन पाए मात्र पुग्छ ? आफ्ना छोराछोरी अरबको ठेक्का पट्टा लिने, जनताका छोराछोरी चाँही अरबमै पसिना चुहाउने ?

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. उद्धारको पर्खाइमा लिवियामा नेपालीहरु अलपत्र
काठमाडौं । गत कार्यक्रममा लिबियाको जेलमा रहेको आफ्नो छोराको उद्धार गर्न आग्रह गर्दै कतारबाट रामबहादुर खत्रीले लाइभमा गुनासो गरेका थिए । उनको छोरा कुल बहादुर खत्रीको उद्धारको प्रयास भइरहेको छ ।

लिबियामा खत्री लगायत अन्य नेपालीहरु पनि कोही जेलमा त कोही दलालको फन्दामा परेका छन् । रोजगारीका लागि इटाली जान भनि हिडेका कास्काका ओमराज गुरुङ, सुरेश केसी, पर्वतका रञ्जित केसी, म्याग्दीका अमन लोजा र धिरज थापा अहिले लिबियामा बन्दक बनेका छन् ।

२. ‘पर्यटन वर्ष २०२०’ मनाउनु पूर्व शौचालय बनाउनु आवश्यकता
काठमाडौं । सरकार सन् २०२० मा ठूलो संख्यामा पर्यटक भित्र्याउने उदेश्यसहित पर्यटन वर्ष मनाउने तयारीमा छ । नेपालमा आउने विदेशी पर्यटक अधिकांशको रोजाइमा पर्ने गरेको एभरेष्ट बेस क्याम्प तथा अन्नपूर्ण आधारशिविर प्रायप्त मात्र शौचालय नभएको गुनासो आएका छन् ।

३. भुकम्प गएको ४ वर्ष बित्न लाग्दा पनि रसुवाको एक गाउँको पुनर्निर्माण अझैँ अनिश्चित !
रसुवा । कार्यक्रममा केही अंक अघि रसुवाको उत्तरगया गाउँपालिका खाल्टेबाट हाम्रा दर्शक ले लाईभ कार्यक्रममा पुनर्निर्माण प्राधिरकणले भुकम्प गएको चौथो बर्ष बित्नै लाग्दा पनि प्रतिबद्धता अनुरुप बस्ती नबनाएको भन्दै गुनासो गरेका थिए । उनको गुनासोपछि हाम्रो टिम रसुवाको खाल्टे पुग्यौ । यो बस्तीमा रहेका करिब २ सय घर अझै टहरा र छाप्रो मै रहेछन् ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्