जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्


 


विराटनगर माघ २७
सामान्यतया स्कुल कलेजहरुमा विद्यार्थी शिक्षकहरु ढिलो आउँने गर्दछन । विद्यालयहरुमा पनि सरकारी विद्यालयहरुमा शिक्षकहरुको आउँने जाने तरिका नैं वेग्लैं हुने गर्दछ । तर, मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् ।

विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि हाल पठनपाठनमा समेत सुधार आएको छ । समयमै शिक्षक कक्षाकोठामा नपुग्ने शिक्षकलाइ समेत विद्यार्थीले प्रश्न सोध्ने गरेका छन् ।

तीन महिना अगाडि नियम बनाएपछि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका हुन् । यो नियम लागू भएपछि हालसम्म तीन जना शिक्षक र दर्जनौं विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका एक विद्यार्थीले बताए । त्यसो त गाउँपालिकाले पनि ती महिनाअघिदेखि विद्युतीय हाजिरी लागू गरेको छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्