देउवा र पौडेललाई नेतृत्वबाट निकाल्नु पर्छ: नेता थापा


 


गाेरखा माघ २७
नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवा र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाई सम्मानकासाथ बिदाइ गर्नु पर्ने बताएका छन् । पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिन्छ भन्दै थापाले पहिलो पुस्ताका नेताहरू अभिभावक भएर बस्नु पर्ने बताएका छन् । थापाले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।

नेता थापाले गोरखा पुगेर कथाले मागे सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेता थापाले वर्तमान कांग्रेस नेतृत्वले केही गर्न नसकेको र विगतको कमाई देखाएर वर्तमान गुज्रार्न खोजेको आरोप समेत लगाएका छन् । थापाले कांग्रेस असाध्यै धेरै नोस्टाल्जिक भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्